दक्षिणकालीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ शितल चोकमा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ झ ३४२४ नम्बरको जिप आज दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई उपचारको लागि मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, मृतकको पहिचान भने खुलेको छैन। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button