
काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले सत्तारुढ गठबन्धनसँग वार्ता गर्नका लागि कार्यदल गठन गरेको छ ।
आज बसेको एसको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।
कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि हुनुहुन्छ ।