
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई टुंग्याउनैपर्ने बताउनुभएको छ ।
नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक अन्तर्क्रियामा उहाँले शान्ति प्रक्रिया हुँदै गर्दा गिरिजाप्रसाद कोइरालाले पनि यही चाहेको बताउनुभयो।
‘गिरिजाप्रसाद कोइारालाले पनि शान्ति पक्रिया टुंग्याउन चाहनुभएको थियो। उहाँलाई मान्ने हो भने हामीले संक्रमणकाली न्यायाको मुद्दा टुंग्याउनैपर्छ।’
उहाँले यो वा त्यो नाममा अब यसलाई ढिलाई गर्न नहुने बताउनुभयो। ‘यो वा त्यो नाममा यसलाई अब नअल्झाउँ। सबैले सबै बुरा बिर्सेर संक्रमणकालीन न्यायको मुद्दालाई टुंग्याउँ,’ उहाँले भन्नुभयो।
महामन्त्री थापाले २०६० सालमा गरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको आन्दोलनले जनतालाई आशा दिलाएको बताउनुभयो।
उहाँले त्यही आन्दोलनले संविधानमार्फत् नेपाली जनताले प्रकाशको रापताप र भविष्य देखाएको बताउनुभयो।
उहाँले आन्दोलनको नेतृत्वमा गिरिजालाई सम्झिए पनि नेपालमा उहाँले आर्थिक क्षेत्रमा गरेको योगदानलाई सबैले बिर्सिएको बताउनुभयो।
गिरिजाप्रसाद कोइराला २०४८ देखि २०५१ सम्म प्रधानमन्त्री रहनुभएका बेला नेपालको आर्थिक क्षेत्रमा ठूलो योगदान गर्नुभएको र त्यो अहिलेसम्म कायम रहेको महामन्त्री थापाको भनाइ छ।