तोलामा २ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज तोलामा २ हजार रुपैयाँले घटेको छ। अघिल्लो कारोबार दिन हिजो ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासं‌घका अनुसार आज सुन तोलामा २ हजारले घटेर १ लाख ७ हजार ८ सयमा झरेको छ। तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Back to top button