एस्पाएर कलेजमा अफलाईन र अनलाईन व्यवसायको फाइदा बिषयक बहस

विराटनगर । विराटनगर– १४ स्थित एस्पाएर कलेजमा अनलाइन ब्यवसाय र अफलाइन ब्यवसाय बिचमा कुन राम्रो भन्ने बिषयमा बहस प्रतियोगीता सम्पन्न भएको छ । बेलायती संसदिय अभ्यास प्रणाली अनुसार प्रतियोििगता सञ्चालन गरिएको कलेजले जनाएको छ ।

विद्यार्थीहरुलाई कलेजका तर्फ बाट एक दिनको प्रशिक्षण पश्चात् बहसमा सहभागि गराइएको कलेजका होटल म्यानेजमेन्ट संकायका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले अनलाइन र अफलाइन ब्यवसायका सबल र दुर्बल पक्षमा अत्यन्तै उत्कृष्ट बहस गरेका थिए । प्रतियोगितामा लिया खवास प्रथम, समीर लावती द्वितीय र तृतीय मिरा परियार हुनुभयो ।

लामो समय देखि शिक्षण कार्यमा लाग्नु भएका तुलसी दुलाल मुख्य निर्णायक र कलेजमा अध्यापनरत शिक्षिका निशु सुवेदी निर्णायक रहेको निर्णायक मण्डलले बहसलाई मुल्यांकन गरेको हो ।

कलेजका प्रमुख चिन्तामणी बस्नेतका अनुसार शिक्षण सिकाइका अतिरिक्त यस्ता कृयाकलापले बिद्यार्थीहरुको चौतर्फी बिकासमा सघाउ पुग्ने बताउनुभयो ।

Back to top button