विराट गोल्डकप फुटबल आयोजकको व्यवहारप्रति प्रेस चौतारी मोरङको ध्यानाकर्षण

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि हुन लागिरहेको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतियोगिता सुरु हुनै लाग्दा पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल मोरङ शाखाले भने आयोजकको व्यवहार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदिप कोइरालाले आज विज्ञप्ति जारी गर्दै आयोजकले नेपाल पत्रकार महासंघ मोरङ, स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीहरुमाथि उपेक्षा गरेको महशुष भएको उल्लेख गर्नुभएको छ ।

कोशी प्रदेशकै महत्वपूर्ण फुटबल उत्सवका रुपमा हेरिएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना भइरहँदा चौतारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘ नेपाल पत्रकार महासंघ, स्थानीय सञ्चार माध्यम र पत्रकारहरुसँग आवश्यक समन्वय नै नगरि प्रतियोगिता हुँदै गर्दा सिङ्गो पत्रकारिता क्षेत्रलाई उपेक्षा गरिएको महशुष हामीले गरेका छौं ।’

प्रतियोगितामा विगतका वर्ष झै नेपाल पत्रकार महासंघको सहभागिता, पत्रकारहरुलाई सहज रिपोर्टिङका लागि आवश्यक प्रबन्ध र प्रतियोगिताको प्रचारप्रसारका लागि स्थानीय सञ्चारमाध्यमहरुको उपयोग जस्ता बिषयमा आयोजक पक्षले उपेक्षा गरेको चौतारीको ठहर छ ।

विराटनगर महानगरपालिकाका प्रमुख नै संयोजक रहेर आयोजना हुन लागिरहँदा स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मी नै उपेक्षामा पर्नु कुनै अर्थमा न्यायोचित हुनै नसक्ने भन्दै चौतारीले तत्काल कमजोरीहरु सच्याउँदै स्थानीय सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई सम्मानजनक व्यवहार प्रस्तुत गर्न ध्यानाकर्षण गराएको छ ।

Back to top button