भारतमा कांग्रेस नेता गान्धीलाई २ वर्ष जेल सजाय

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको फैसला सुनाइएको छ। सुरतको तत्लो अदालतले गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो।

सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामाथि आज सुनुवाइ गर्दै गान्धीलाई २ वर्ष जेल सजाय सुनाइएको हो।

अदालतले गान्धीलाई सजायविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। उजुरीकर्ताका वकिलहरूले गान्‍धीलाई अधिकतम सजायको माग गरेका थिए।

Back to top button