बारामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

बारा । बाराको निजगढ नगरपालिका–१३ मा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। पछाडि सवार २ जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा निजगढ नगरपालिका–१३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका दिपकको उपचारका क्रममा रतनपुरस्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो।

घाइते मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ।

ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको अस्थायी प्रहरी पोष्ट रतनपुर बाराले जनाएको छ।

Back to top button