लघुवित्तको ज्यादतीविरुद्ध आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । लघुवित्तिय संस्थाको ज्यादतीविरूद्ध नेकपा बहुमतले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लघुवित्तिय संस्थाका कारण सर्वसाधारणहरू पीडित हुनुपरेको र ठगी गरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान लघुवित्तको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले लघुवित्तिय संस्था खारेज गर, पीडितको ऋण मिनाहा गर,जनताको जीवनशैली सहज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेकपा बहुमतका नेता गुणराज लोहनीले नेपालका ७५ प्रतिशत मान्छेहरु वित्तीय संस्थाबाट पीडित रहेको बताउनुभयो । उहाँले लघुवित्तिय संस्थाको ज्यादति नरोकिएसम्म निरन्तर संघर्ष गर्ने चेतावनी दिनुभयो।

यस्तै, लघुवित्तीय संस्थाका कारण पीडित हुनुपरेको भन्दै पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।

Back to top button