उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा राउत निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित हुनुभएको छ । झापाको बिर्तामोडमा सम्पन्न महासंघको अधिवेशनले राउतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल चयन हुनुभएको छ । कोषाध्यक्षमा सुवास आचार्य चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना चयन हुनुभएको छ । वस्तुगत संघबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्य चुनिनुभएको छ ।

एशोसिएट्सबाट रविनकुमार दाहाल, भविषकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पुनम कुमार गुप्ताले जानकारी दिनुभएको छ ।

निर्वाचन समितिले उम्मेद्वारको नामावलीमा कसैको दावी विरोध नपरेपछि सबै पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । निर्विरोध अध्यक्ष चयन हुनुभएका राउत दुई पटक प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष र केन्द्रीय सदस्य भइसक्नुभएको छ । उहाँ यसअघि उदयपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पनि सर्वसम्मत रुपमा चयन हुनुभएको थियो ।

Back to top button