
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ । राष्ट्रपतिले शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिनुभयो।
उहाँका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। उहाँले भन्नुभयो,‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो। विभिन्न परीक्षण भएको छ।’
यस्तै, राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराउनुभयो। प्राडा. सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गराउनुभएको थियो।