क्षयरोग निवारणका लागि गरिएका प्रतिवद्दता पूरा गर्छौः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोग निवारणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिएका प्रतिवद्दताहरु पूरा गरिने बताउनुभएको छ ।

विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले क्षयरोगमुक्त नेपालको निर्माण गर्न संघ, प्रदेश तथा स्थानीय तीनै तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गर्ने उल्लेख गर्नुभएको छ ।

क्षयरोग विरुद्धको अभियानलाई दातृ निकाय र अन्य सरोकारवालाहरुको सहयोग तथा संलग्नता बढाई क्षयरोगविरुद्धको अभियानमा सहभागी हुनसमेत उहाँले अपिल गर्नुभएको छ ।

यस्तै शुभकामना सन्देशमा उहाँले क्षयरोगका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने कामना गर्दै क्षयरोगबाट ज्यान गुमाएकाहरुको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

Back to top button