सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको आज ८६ वर्षको उमेरमा निधन भएको छ ।

रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गर्नुभएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो,हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

यस्तै पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो। उहाँ चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो। स्व.ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Back to top button