
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँबासीलाई चियापानका लागि शीतलनिवास बोलाउनुभएको छ ।
उहाँले तनहुँका बासिन्दासँग भेटघाटका लागि दिउँसो ३ बजेदेखि ५ बजेको समय छुट्याएको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिनुभयो ।
आफूलाई मत दिएर विजयी गराएकोमा धन्यवाद दिन र तनहुँबासीको गुनासो सुन्न राष्ट्रपतिले शीतलनिवासमा बोलाउनुभएको कार्कीले बताउनुभयो ।