आज मन्त्रिपरिषद् बैठक बस्दै, आईजीपीबारे निर्णय हुने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ ।

Back to top button