मेयर कपः सुदूरपश्चिमलाई एपीएफले दियो १ सय २२ रनको लक्ष्य

काठमाडौं । सिता राना मगरको अविजित अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मेयर कप–२० क्रिकेट प्रतियोगितामा आज सुदूरपश्चिम प्रदेशलाई १ सय २२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले २ विकेट गुमाएर १ सय २१ रनको योगफल तयार गर्यो। एपीएफका लागि ५९ बलको सामना गर्नुभएकी सिताले सात चौकासहित ५२ रनको उत्कृष्ट इनिङ खेल्नुभयो।

यस्तै, इन्दु बर्मा ३७ बलमा ५ चौकासहित ४५ रन बनाएर पेभेलियन फर्किँदा ज्योति पाण्डेले १३ तथा ममत चौधरीले ३ रन योगदान गर्नुभयो।

सुदूरपश्चिमका लागि इश्वरी विष्टले १ विकेट लिनुबाहेक अन्य ब्याटर विकेटविहीन रहे।

एपीएफले हिजो भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। यस्तै, सुदूरपश्चिमले मेयर्स ११ लाई ५१ रनले हराएको थियो।

Back to top button