बढ्यो सुनको मूल्य, तोलाको १ लाख ९ हजार ८०० पुग्यो

काठमाडौं । सुनको मूल्य आज फेरि बढेको छ। अघिल्लो कारोबार दिन हिजो १२ सय रुपैयाँले बढेको सुन आज ८ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८०० पुगेको हो। त्यसैगरी तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३०० पुगेको छ।

आज चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

Back to top button