२१ लाख ९० हजार ५ सय ९२ जना नेपाली विदेशमा

काठमाडौं । २१ लाख ९० हजार ५ सय ९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९ सय ६१ परिवारबाट २१ लाख ९० हजार ५ सय ९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।

यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४ सय ९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।

यस्तै, जनगणना २०७८ मा १७ लाख ९९ हजार ६ सय ७५ जना पुरुष (८२ दशमलव २ प्रतिशत) र ३ लाख ९० हजार ९ सय १७ (१७ दशमलव ८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

Back to top button