बसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बसन्त कुँवरललाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नयाँ आइजीपीमा नियुक्त गरेको हो ।

बरियतामा पहिलो नम्बरमा रहनुभएका कुँवरलाई आइजीपीमा नियुक्त गरिएको एक मन्त्रीले बताए । अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजबाट अवकास पाउँदै हुनुहुन्छ।

यस्तै, आईजीपी बन्न टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य दाबेदार हुनुहुन्थ्यो।

Back to top button