प्रधानमन्त्री प्रचण्ड र आईजीपी कुँवरबिच भेट

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त हुनुभएका बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुुभएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिनुभएको थियो। उहाँले कार्यकाल सफलताको शुभकामनासमेत दिनुभएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी प्रमुखको जिम्मेवारी सुम्पेको छ । धिरजप्रताप सिंहले आजबाटै अवकास पाउने भएपछि सरकारले कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो।

Back to top button