धनुषामा २ ट्रक एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा २ ट्रक एकापसमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाईते भएका छन् ।

आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश १.०१–००१ख. ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ना.६ ख ६५७८ नम्बरको ट्रकमा सवार २ जना र प्रदेश १. ०१–००१ख. ९२९२ नम्बरको ट्रकमा सवार एकजना गरी ३ जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १.०१–००१ख. ९२९२ नम्बरको ट्रकमा सवार अर्का एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको हो । उहाँहरुको पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो ।

यस्तै, घाइतेको ढल्केवर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Back to top button