
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक प्रमोद खरेल र गायिका अनु चौधरी आउने हुनुभएको छ ।
मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक खरेल र गायिका चौधरीले आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो ।
वर्षाका कारणले गर्दा चैत ६ गते महोत्सव स्थगित गरिएको थियो। गायक खरेलको साङ्गीतिक प्रस्तुती सोही दिन रहेको थियो।
साँझ ६ बजेदेखि सुरु हुने साङ्गीतिक कार्यक्रममा खरेल र चौधरीसँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।
यस्तै, बुढीगंगाको पहिचान,हाम्रो अभियान भन्ने नारासहित आयोजना गरिएको महोत्सव आज समापन हुदैछ । महोत्सवको टिकट दर २०० रुपैयाँ राखिएको आयोजकले जनाइएको छ ।