राष्ट्रपति पौडेलद्वारा गोरखकाली र गोरखनाथको दर्शन

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आइपुग्नुभएको छ । आज बिहान १० बजेतिर सेनाको हेलिकोप्टरबाट गोरखा आइपुग्नुभएको उहाँले प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

मन्दिरमा पूजाआजा पछि राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपतिले गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक राजधानीबाहिर भ्रमणमा निस्कनुभएको हो । पौडेलको साथमा उहाँकी श्रीमती ,गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाइँलगायत सहभागी हुनुहुन्छ।

Back to top button