
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय कायम भएको हो। तेजाबी सुन १ लाख ८ हजार ७०० कायम भएको छ।
अघिल्लो कारोबार साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन १ लाख ८ हजार ७०० कायम भएको छ।
आज सुनको मूल्य घटेपनि चाँदी भने महंगिएको छ। चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। शुक्रबार प्रतितोला चाँदी १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।