राष्ट्रिय सभाद्वारा सरकारलाई रुलिङ

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ।

बैठकको सुरुमै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गर्नुभएको हो ।

राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको हो।

Back to top button