दोहोरो अंकले घट्‍यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।

यसदिन नेप्से परिसूचक २६ दशमलव ८५ अंकले घटेर १८८८ दशमलव २९ विन्दुमा झरेको हो। सेन्सेटिभ इन्डेक्स ५ दशमलव ०२ अंकले घटेर ३५५ दशमलव ९९ विन्दुमा अडिएको छ।

यसदिन २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा खरिदबिक्री भयो। आज ३२ हजार १६८ पटक कारोबार भयो।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ६२ लाख ८८ हजार ३४१ रुपैयाँमा खरिदबिक्री भयो। एनआईसी एसिया बै‌ंकको ७ करोड ९५ लाख मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो भने नेष्डो समृद्ध लघुवित्त वित्तीय ७ करोडको कारोबार गरी तेस्रो स्थानमा रह्यो।

दोहोरो अंकले घटेको सेयर बजारमा दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको हो।

यस्तै, आज ४ कम्पनीको मूल्य १० प्रतिशतले ओरालो लाग्यो। जीवन विकास लघुवित्त वित्तीय,जल्पा सामुदायिक लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र महिला लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशतले घटेको हो।

Back to top button