ट्रान्सपोर्ट एशोसियसन विराटनगर मोरङको अध्यक्षमा सिंह चयन

विराटनगर । ट्रान्सपोर्ट एशोसियसन विराटनगर मोरङको ७ औं जिल्ला अधिवेशनले विनोदकुमार सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

हिजो सम्पन्न अधिवेशनले उपाध्यक्षमा सोमप्रसाद भट्टराई शम्भू, महासचिवमा खगेन्द्र सिग्देल, सचिवमा राममणी रेग्मी र कोषाध्यक्षमा दिलिप धाडेवा लाई चयन गरेको हो ।

सदस्यहरूमा बाबुराम गोतामे, भूमी कठायत, बिनोद राजबंशी, अशोक तुलाधर, यूवराज श्रेष्ठ र लालबाबु शाही सर्वसहमत निर्वाचित हुनुभएको निर्वाचन समितिका प्रमुख सोमराज थापाले बताउनुभयो ।

ढुवानी ब्यवसायी महासंघ केन्द्रीय अध्यक्ष विश्वनाथ खनालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत बुढीगंगा गाउँपालिका प्रमुख जीत नारायण थापा मगर, आन्तरिक राजश्व कार्यलय विराटनगरका प्रमुख डीबी क्षेत्री विशष्टि अतिथि रहनुभएको थियो ।

२ बर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले ढुवानी व्यवसायीहरुको हकहितका लागि काम गर्दछ ।

Back to top button