थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रिय संक्रमित ४२

काठमाडौं । थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९ सय २१ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २ सय ७९ र एन्टीजेनबाट ६ सय ४२ नूमना परीक्षण गर्दा १६ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा २ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४२ पुगेको छ।

Back to top button