भोजपुरी अभिनेत्री आकांक्षा मृत फेला

काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुवे मृत फेला पर्नुभएको छ । अभिनेत्री आकांक्षा आज बिहान वाराणसीको एक होटलमा मृत फेला पर्नुभएको हो । उहाँ फिल्म सुटिङका क्रममा वाराणसी पुग्नुभएको बताइएको छ।

प्रहरी अधिकारीका अनुसार उहाँले झुण्डिएर आत्महत्या गरेको बताइएको छ। यद्यपी उहाँले के कारणले आत्महत्या गर्नुभएको हो भन्ने खुल्न सकेको छैन । वाराणसीको वरणा जिल्लाको डीसीपीले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

अभिनेत्री आकांक्षले भोजपुरी ठूला फिल्ममा काम गर्नुभएको थियो। आकांक्षले विरो के वीर, कम पैदा करने वाल की–२ फिल्ममा काम गर्नुभएको थियो । आजै भोजपुरी सुपरस्टार पवन सिंहको साथमा उहाँको नयाँ गीत रिजिल भएको छ। यस गीतको नाम आरा कभी नही है रहेको छ।

उहाँ ३ वर्षदेखि मुम्बइमा बस्दै आउनुभएको थियो। रिपोर्ट्सका अनुसार १७ वर्षको उमेर देखिनै आकांक्षले भोजपुरी सिनेमा क्षेत्रमा पाइला राख्नुभएको थियो । उहाँले निर्देशक आशी तिवारीको साथमा केही फिल्ममा काम गर्नुभएको थियो।

Back to top button