आज ४ डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भएका छन्। आज बढुवा समितिको बैठकले ४ जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। एआइजीमा पहिलो नम्बरमा भण्डारी हुनुहुन्छ।

यस्तै, आइजिपी कुँवरले हिजो दर्ज्यानी चिन्ह लगाउनुभएको थियो।

Back to top button