सन्दीपविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पेशी स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशीको सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो।

कानुन व्यवसायी मुरारी सापकोटाले प्रतिवादीका तर्फका कानुनी व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि स्थगित भएको जानकारी दिनुभयो।

न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको थियो।

Back to top button