कुटपिटको आरोपमा दुर्गेशसहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । मोडल दुर्गेश थापासहित ३ जनाविरुद्ध झैँझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित ३ जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिनुभएको डीएसपी अंगुर जीसीले पुष्टि गर्नुभयो । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाउनुभयो।

दुवै पक्षलाई छलफलका लागि भोलि कार्यालयमा बोलाइएको उहाँले जानकारी दिनुुभयो । ‘उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला,’ डीएसपी जीसीले भन्नुभयो ।

Back to top button