जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताउनुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमा लेख्दै उहाँले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताउनुभएको हो ।

अध्यक्ष थापाले लेख्नुभएको छ, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौं निर्दोष व्यक्तिहरुको हत्या भएको छ। उनीहरूका परिवारले न्याय पाउनुपर्छ। हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता होइन। हत्या जघन्य अपराध हो।

अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’

Back to top button