एमाले शेरको बच्चा हो, कोहीसँग डराउँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिंहको बच्चा भएको बताउनुभएको छ । उहाँले सिंहको बच्चा एमाले कोहीसँग नडराउने बताउनुभएको हो ।

अर्घाखाँचीमा आयोजित मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उहाँले अमरसिंह थापाको भनाइ पनि स्मरण गर्नुभयो। ‘नेकपा एमाले सिनो खाने स्यालको बच्चा होइन। बाघको डमरु हो। सिंहको बच्चा हो। शेरको बच्चा हो,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले एमाले एक्लैसँग ९ लाख बढी सदस्यता रहेको र विभिन्न जनवर्गीय संगठनसमेत रहेको बताउनुभएको छ । तर ती सबैमा खिया लागेको उहाँले बताउनुभयो। ‘पार्टीमा कमरेडहरू खिया लागेको पाइयो। पार्टी भुत्ते भएको पाइयो। धार नभएको। खिया हटाएपछि मात्रै यो काम लाग्ने हुन्छ,’ उहाँले भन्नुभयो।

यस्तै, घोडा नकुदाए कुद्न बिर्सिने भन्दै भुत्ते लागेको पार्टीको खियाहरू हटाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ।

Back to top button