थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार २ सय ६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ सय ८८ र एन्टीजेनबाट ७ सय ७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १ जना संक्रमित निको भएका छन्। हाल सक्रिय संक्रमितको संख्या ६६ पुगेको छ।

Back to top button