धनकुटाको एक प्रेसमा आगलागी

धनकुटा । धनकुटा सदरमुकामस्थित एक प्रेसमा आगलागी भएको छ। धनकुटा नगरपालिका–७ हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि रहेको जनविश्वास अपसेट प्रेसमा बिहान करिब ६ः३० बजेबाट आगलागी भएको हो।

आगलागी भए लगत्तै धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।

बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताउनुभयो। सो प्रेसमा आगलागी हुँदा करिब ५० लाखको क्षति भएको उहाँले बताउनुभयो।

आगो नियन्त्रण भएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ। आगोले प्रेसको मेसिनसहित अधिकांश सामान जलेका छन्। सोही प्रेसबाट छापाखानाका कामसँगै जनविश्वास साप्ताहिक र धनकुटा जिल्लाबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिका मुद्रण हुँदै आइरहेको थियो।

Back to top button