
धनुसा । धनुषाको मिथिला बिहारी नगरपालिका–२ मा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पछाडि सवार व्यक्ति भने घाइते भएका छन्। धनुषाकै मिथिला बिहारी नगरपालिका–६ सिरसियाका २१ वर्षीय विजय कुमार यादवको मृत्यु भएको हो।
उपचारका क्रममा विजय कुमारको काव्य अस्पताल जनकपुरमा राति सवा १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तारापट्टीले जनाएको छ।
घाइते उहाँकै २५ वर्षीय दाई रितेश यादव रहेको र उहाँको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जनकपुरबाट धनुषाधाम तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४३ ८० नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे अनियन्त्रित भई पल्टिएको थियो।