
काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष (२०७८–०७९)पेश गर्ने संभावित कार्यसूची रहेको छ।
यस्तै, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।