आज सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । आज १ दशमलव ०२ अंकले बढेको बजार १९१९ दशमलव ४२ विन्दुमा पुगेर रोकिएको छ । यो ० दशमलव ०५ प्रतिशतको वृद्धि हो ।

यसदिन कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । हिजो १ अर्ब ४४ करोड ३७ लाख १३ हजार ८७८ रुपैयाँको कारोबार भएको थियो ।

उपसूचकहरुमा समेत आज मिश्रित नतिजा आएको छ । आज सुपरमाइ हाइड्रो र कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । धौलागिरि लघुवित्त, स्वावलम्बन लघुवित्तसहितका धितोपत्रको समेत मूल्य धेरैले बढेको छ ।

यस्तै, खप्तड लघुवित्त, एनएलजी इन्स्योरेन्स, सृजनशील लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । एनआईसी एसिया बैंक, सानिमामाइ हाइड्रो, शिवम् सिमेन्टसहितका धितोपत्रको सबैभन्दा धेरैले कारोबार भएको छ ।

Back to top button