कांग्रेसबाट तनहुँ–१ मा गोविन्द भट्टराई उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ।

कांग्रेस कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यस अगाडि पौडेल उम्मेदवार हुँदा भट्टराईले टिकट पाउन सक्नुभएको थिएन्। त्यसकारण यस उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको हो ।

निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तोकेको छ।

Back to top button