एन्फाको आपतकालिन कार्यसमिति बैठक शनिबार बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन कार्यसमिति बैठक १८ गते (शनिबार) बस्ने भएको छ। एन्फाका महासचिव किरण राईले आज पत्रचार गर्दै पदाधिकारी तथा सदस्यलाई बैठक आह्वान गर्नुभएको हो ।

‘एन्फाको विधान २०७७ संस्करणको धारा ३९ (९२०) बमोजिम विशेष परिस्थितमा कार्यसमितिको आपतकालिन बैठक तपसिल बमोजिमको मिति,स्थान र समयमा राखिएको हुँदा उपस्थितका लागि निर्देशानुसार अनुरोध गर्दछु,’पत्रमा भनिएको छ।

यस्तै, बैठक शनिबार बिहान ९ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्नेछ। यसअघि एन्फाको पूर्णकालिन बैठक फागुन १७ गते बसेको थियो।

Back to top button