३ मन्त्री पाउनु पर्ने शेखर पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले आफूहरूले ३ जना मन्त्री पाउनु पर्ने बताएका छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै कोइराला समूहको छुट्टै बैठक बसेको थियो ।

उक्त बैठकमा नेता कोइरालाले कांग्रेसले ८ मन्त्रालय पाउँदा आफ्नो समूहबाट ३ जनाको माग गर्नुपर्ने बताएको एक नेताले जानकारी दिए ।

यस्तै, कांग्रेसको संस्थापनइतर समूहबाट हालसम्म उपसभापति धनराज गुरुङ र अर्का सांसद डिगबहादुर लिम्ब मन्त्री बन्ने चर्चा छ । सत्ता साझेदार दलहरूबीच भएको मोटामोटी सहमति अनुसार कांग्रेसले ८ मन्त्रालय पाउनेछ ।

कांग्रेसलगायत दलले मन्त्रीको टुंगो लगाए प्रधानमन्त्रीले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

Back to top button