साढे सात किलो कोकिनसहित २ भारतीय पक्राउ

काठमाडौं । भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित २ जना भारतीय पक्राउ परेका छन्। उनीहरूलाई लागू औषध नियन्त्रण व्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ४५ वर्षीया भन्लालमी र २९ वर्षीया इस्थर लाह्लिमपुई रहेको व्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागू औषधसहित १ जना र अर्का ठमेलस्थित १ होटलबाट पक्राउ परेका थिए।

Back to top button