थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९ सय १५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६ सय १५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १७ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १ सय २३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

Back to top button