मन्त्रिपरिषद विस्तारबारे प्रधानमन्त्री र राष्ट्रपतिबिच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। केही मन्त्री थपेर आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्‍त्रीको तयारी छ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम माग्नुभएको छ ।

Back to top button