नयाँ मन्त्रीको शपथ आज दिउँसो ३ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार गर्ने हुनुभएको छ । त्यसका लागि राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीका लागि शपथको समय तोकेको हो।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नवनियुक्त मन्त्रीहरूको शपथ ३ बजे तय भएको जानकारी दिनुभयो ।यसअघि आज बिहान मन्त्रिपरिषद विस्तार र शपथग्रहणका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै राजनीतिक दलसँग मन्त्रीको नाम माग्नुभएको छ । सत्ता गठबन्धन दलभित्र कसले कति मन्त्रालय पाउनेबारे समझदारी भएको छ।

जसमा कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २–२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीलाई १–१ मन्त्रालय दिने सहमति भएको छ।

Back to top button