हेलिकप्टर दुर्घटनामा ९ अमेरिकी सैनिकको मृत्यु

अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा ९ सैनिकको मृत्यु भएको छ ।

अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा ९ जना सैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको हो ।

अमेरिकी सेनाका २ वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएको अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ ।

यस्तै, घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताउनुभएको छ ।

Back to top button