मच्छर मार्न बालेको धुपबाट आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु, २ गम्भीर

भारतको राजधानी नयाँ दिल्लीमा आगलागीमा परेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीको शास्त्री पार्क क्षेत्रमा एक स्थानीयको घरमा गए राति मच्छर मार्न बालेको धुपबाट आगलागी हुँदा ६ जनाको मृत्यु र २ जना गम्भीर घाइते भएका हुन्।

मृत्यु हुनेमा ४ पुरूष र १ महिला र १ ढेड वर्षका बालक छन्।

प्राप्त जानकारी अनुसार हिजो राति ९ बजेतिर शास्त्री पार्कको मच्छी मार्केट नजिकै एक घरमा आगलागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको हो। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button