कांग्रेसबाट टुंगियो ४ मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसबाट ४ जना मन्त्रीको मात्रै नाम टुंगिएको छ । आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ४ जना मन्त्रीले शपथ लिने भएका हुन्।

उपसभापति खड्का उपप्रधानसहित रक्षा, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल परराष्ट्र र सीता गुरुङ सहरी विकास मन्त्री बन्ने देउवा निकट एक नेताले जानकारी दिए।

यस्तै, कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ। तर, शेखर कोइराला समूहले ३ जना मन्त्री पाउनुपर्ने अडान नछोडेपछि अन्य मन्त्रीको शपथ आज नहुने भएको हो। देउवाले कोइराला समूहलाई २ मन्त्री दिने बताउनुभएको थियो।

Back to top button