आजै नयाँ मन्त्रीको शपथ हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केहिबेरमै नवनियुक्त मन्त्रीको शपथ ग्रहण हुने बताउनुभएको छ । नेकपा माओवादी केन्द्र निकट कर्मचारी संगठनको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजै सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो,‘अब यहाँ कोटेश्वरबाट राष्ट्रपति कार्यालय जान्छु र सरकारलाई पूर्णता दिन शपथ ग्रहण गराउछु ।’

प्रधानमन्त्री प्रचण्डले पार्टीको अधिवेसन छिट्टै हुने र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘यो पटक सरकारको नेतृत्व विशेष परिस्थितिमा प्राप्त भयो । ९७ दिन भयो म सरकारमा गएको । सुशासन,सामाजिक न्यायको दृष्टिले नयाँ सुरुवात पक्कै गरेका छौं ।’

आज सरकारले पूर्णता प्राप्त गर्ने र देशका लागि ऐतिहासिक रेकर्ड बनाउन लागिपर्ने प्रधानमन्त्रीको भनाइ छ।

Back to top button